दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी



काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउको तयारी गरेको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी भएको हो।जीवन पाण्डे क्यामेरापर्सन हुन् भने प्रकाशचन्द्र दाहाल दुर्गा प्रसाईंबाट नियमित तलब बुझेर उनलाइृ विभिन्न अन्तर्वार्ता लिएर भाईरल गराउन सहयोग गर्ने व्यक्ति हुन् । दाहालले विभिन्न अनलाईनमा दुर्गा प्रसाईंसँग उकास्ने खालका प्रश्न सोद्धै अन्य व्यक्तिहरुको मानमर्दन गर्ने गरेको आरोप छ ।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।