रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबारमा पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबारमा पक्राउ



लेखनाथ । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा रास्वपाका तर्फबाट पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा। ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । निजलाई रास्वपाले घुस मागेको आरोप लागेपछि सांसदबाट कारवाही गरेको थियो ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक थिए । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा। श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं। ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका थिए । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए ।

२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सांसद बनेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा। श्रेष्ठलाई सांसदबाट हटाएको थियो ।