काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । पार्टीले हटाउने भएपनि उनले राजीनामा बुझाएका हुन् ।
कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेका छन् । राजीनामा स्वीकृत भइसकेको छैन ।
मन्त्री कुर्मीमाथि बाँके प्रहरीको कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ। कुर्मीविरुद्ध बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण गरेर बेपत्ता पारेको आरोप छ।
अनुसन्धान चलिरहेकै बेला मन्त्री बनाइएको भन्दै कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा रुवी खान नेतृत्वमा आन्दोलन चलिरहेको छ। रुवीको अगुवाईमा आधा दर्जन महिला महिना दिनअघिदेखि माइतीघरमा धर्ना बसिरहेका छन्। उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै आन्दोलन गरिरहेका थिए। रुवीले गम्भीर अपराधका अभियुक्तलाई मन्त्री बनाउँदा पीडित पक्षलाई थप पीडा थपिएको बताउँदै आएकी थिइन्।
दुई ठूला दल मिलेर बनेको गठबन्धनमापनि यस सम्बन्धी दबाब परेको थियो । नेपाली काँग्रेसको तर्फबाट नै विवादित मन्त्रीलाई राजीनामा गर्न सुझाइएको थियो । अन्तिम समयसम्म पनि राजीनामा नदिने अडानमा रहेका कुर्मी अन्तत सम्पर्क बाहिर पुगेका छन् । राजीनामा लगत्तै प्रहरीले पक्राउ गर्ने भय उनमा देखिएको छ । यसैकारण राजीनामा बुझाउन आफैं भने गएनन ।
प्रतिक्रिया