मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नको कोबर्गमा सञ्चालित मुस्ताङ प्यालेस रेष्टुरेन्टले आफ्नो पहिलो शाखा लालोरमा खोलेको छ । आईतबार एक समारोहकाबीच रेष्टुरेन्टको सुरुवात गरियो । मेलबर्नका सामूदायिक नेताहरुको उपस्थितिमा सुरुवात गरिएको रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले नेपाली खाना प्रबद्र्धनमा लाग्न आग्रह गरेका थिए ।
उनले सेवाग्राहीको आकांक्षा अनुसार अघि बढ्दा सफलता हात पर्नेभन्दै सञ्चालकहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन भिक्टोरियाका संयोजक मणिरतन सापकोटा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै मुस्ताङ प्यालेसका सञ्चालकमध्येका एक हरि खड्काले ग्राहकहरुको माया र हौसलाले नै लालोर क्षेत्रमा विस्तार गरिएको बताएका थिए । उनले स्तरीय स्वाद पस्कने प्रतिबद्धता व्यक्त गरे ।
मुस्ताङ प्यालेस रेष्टुरेन्ट खड्कासहित गणेश पाण्डे र तीर्थ लुईंटेलले साझेदारीमा सञ्चालन गरेका हुन् । नेपालीमाझ स्तरीय सेवाका लागि चिनिएको मुस्ताङ प्यालेसले क्याटरिङ सेवा समेत प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया