श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेपछि काँग्रेस सांसद केसी जेल चलान

श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेपछि काँग्रेस सांसद केसी जेल चलान



रुकुमपूर्व । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी जेल चलान भएका छन् । रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलानभएका हुन् ।

वि।सं। २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार थिए ।

आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित भएपछि उनलाई जेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० माधवराज खरेलले जानकारी दिए ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर रहेको रुकुमपूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।