अस्थीर मौसमका कारण भिक्टोरिया र तास्मानियाका एक लाख घर विद्युतविहीन, एकजनाको ज्यान गयो

अस्थीर मौसमका कारण भिक्टोरिया र तास्मानियाका एक लाख घर विद्युतविहीन, एकजनाको ज्यान गयो



मेलबर्न, अष्ट्रेलिया ।
हावाहुरी र खराब मौसमका कारण अष्ट्रेलियाको भिक्टोरिया र तास्मानियाका एक लाख घर विद्युतविहीन बनेका छन् भने भिक्टोरिया र न्यूसाउथवेल्सको सीमा क्षेत्रमा एकजनाको ज्यान गएको छ । अविरल वर्षाका कारण यहाँका केही खोलाहरुमा खतराको तहभन्दा माथि पानी पुगेको छ र चेतावनीहरु जारी गरिएका छन् । मौसमकै कारण तास्मानियाका २ हजारभन्दा बढी टेलिफोन समेत अबरुद्ध भएका छन् । टेलेस्ट्राका ग्राहकहरुले नेटवर्कमा समस्या भोगेका छन् । अधिकारीहरुले २६ वटा मोबाइल टावरहरुमा विद्युत नहुँदा अबरुद्ध भएको बताएका छन् । बुधबारसम्ममा यिनलाई सही अवस्थामा ल्याइसक्ने अनुमान छ । तास्मानियाको होबार्ट सिटीमा अवस्थित केही पसलहरुमा पानी जमेको पाइएको थियो भने सडकमा पनि अचानक परेको अतिवर्षाले समस्या निम्त्याएको थियो । मायर स्टोरतिमध्ये एक भएको स्थानीयले जनाएका छन् ।
यता भिक्टोरियामा डान्डिनोंग र जीलोंगमा दुई घरहरु वर्षा र हुरीका कारण क्षतिग्रस्त भएका छन् । भिक्टोरियामा ३५ सय टेलिफोन लाईनहरु अबरुद्ध भएका थिए ।
भिक्टोरिया र न्यूसाउथवेल्सको सीमा क्षेत्रमा पर्ने माओमा क्षेत्रमा एक ६३ वर्षीय महिला रुख ढल्दा घरमा च्यापिएर घाइते बनेपछि आपतकालीन सेवालाई बोलाइएको थियो । निजको प्राथमिक उपचारपछि अस्पताल पठाइएकोमा पछि मृत घोषित गरिएको थियो । भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना दिएकी छिन् ।