क्वीन्सल्याण्डमा तीजको दिन ‘सामूहिक पूजा तथा रमाइलो नाचगान’ कार्यक्रम गरिने

क्वीन्सल्याण्डमा तीजको दिन ‘सामूहिक पूजा तथा रमाइलो नाचगान’ कार्यक्रम गरिने


ब्रिजवेन, अष्ट्रेलिया ।

क्विीन्सल्याण्डमा नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा सामूहिक पूजा तथा नाचगानको कार्यक्रम आयोजना गरिएको छ। क्वीएनसीसी, एनआरएन क्वीन्सल्याण्ड र एनएक्वीले संयुक्त रूपमा उक्त कार्यक्रमको आयोजना गरेका हुन्। 

सेप्टेम्बर ६ तारिख शुक्रबार दिउँसो २ बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपाली पण्डितद्वारा सामूहिक पूजा, टिका तथा प्रसाद वितरण र नाचगान गरिने क्वीएनसीसीका अध्यक्ष केशव शर्माले जानकारी दिए। 

अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्ताका छोरीहरूलाई पनि कार्यक्रममा सहभागी गराउन एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाईसीले आग्रह गरेका छन्। अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई पनि यस्ता कार्यक्रममा सहभागी गराउँदा आफ्नो कला संस्कृतिका बारेमा बुझ्न थप सहयोग मिल्ने उनको भनाइ छ। 

कार्यक्रममा सहभागिता भएर हाम्रो धार्मिक एवम् सांस्कृतिक परम्परा निर्वाह गर्ने यो सुनौलो अवसरको सदुपयोग गर्न एनएक्वीका अध्यक्ष हेमांग शर्माले अनुरोध गरेका छन्। उनले केबीसी खबरसँग भने,  तिजको दर तयारी तथा पूजा व्यवस्थापनमा स्वयंसेवक भई आर्थिक रूपमा सहयोग गर्न चाहने इच्छुक व्यक्तिले व्यवस्थापन समितिका सदस्यसँग सम्पर्क गर्न सकिने छ।