काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा ९एमाले०की प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाएका छन् ।
”वहाँले विगत आठ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ,” आइतबार सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन्
काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।
‘अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको, तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?,’ बालेनले भनेका छन् ।
प्रतिक्रिया