मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको उत्तरी क्षेत्रमा अवस्थित नेपाली मन्दिरमा तीजको दिन अर्थात् ६ सेप्टेम्बर २०२४ शुक्रबार दिनभरि कार्यक्रम हुने भएको छ । विहान ७ बजेदेखि नै पूजाका लागि ढोका खुल्ला हुने र साँझ ७ बजेसम्म पूजा गर्न सकिने भएको छ ।
नेपालका राष्ट्रिय कलाकारहरुको साथमा तीज विशेष कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने आयोजन अष्ट्रेलिया नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईले केविसीखबरलाई जानकारी दिए । मन्दिर परिसरमा आईतबार गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटक गायक खुमन अधिकारी, रमेश विजी र शोभा त्रिपाठीले तीन घण्टा मनोरन्जन दिनेछन् ।
विहानदेखि नै शिव आराधना र पूजा गर्नका लागि मन्दिरका पूजारीहरुले सघाउनेछन् भने स्वयंसेवकहरुले ब्रतालुहरुको निम्ति सहायता गर्नेछन् । यो कार्यको जिम्मा क्रेगीबर्न समाजले लिएको छ । ईन्द्रेणी मार्टको मुख्य प्रायोजनमा हुने कार्यक्रममा दिदीबहिनी समाजले पनि सहकार्य गर्नेछ ।
यस्तो छ तयारी –
प्रतिक्रिया