अष्ट्रेलिया, तास्मानिया ।
अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपालीहरुको संयुक्त लगानीमा नयाँ कलेज संचालनमा आएको छ। ओपल कलेज नामक दिएको उक्त भेट कलेजको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
तास्मानियामा रहेका नेपाली युवा व्यवसायीले संचालनमा ल्याएको उक्त कलेजमा विजनेश, कमर्सियल कुकरिज र कम्युनिटी सर्भिसहरुको पढाई हुने सिइओ अर्जुन प्रसाईँले जानकारी दिए । होबार्टको कोलिन्समा खोलिएको यो कलेजले नेपाललगायत विदेशी विद्यार्थीलाई अध्यापन गराइने उनले बताए। विद्यार्थी भिजाको रुपमा अष्ट्रेलिया आएर कलेज संचालन गर्न पाउँदा निकै खुसी लागेको उनले बताए। विद्यार्थीलाई व्यवहारिक ज्ञान दिएर जब मार्केटमा जान कलेजले महत्त्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ।
कलेजको आरटिओ म्यानेजर रवि शाक्य र कम्पलाईन्स एण्ड बिजनेस डेभलपमेन्ट म्यानेजर अनिल श्रेष्ठ रहेका छन्।
प्रतिक्रिया