विपिन थापा चुनिए नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसनको सभापति

विपिन थापा चुनिए नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसनको सभापति


सिड्नी, अष्ट्रेलिया ।

नेप्लीज अष्ट्रेयिन युथ एशोसिएसन नया को नयाँ नेतृत्वमा विपिन थापा चयन भएका छन् । सिड्नीमा हालै भएको साधारणसभाले नयाँ नेतृत्वको सर्वसम्मत चयन गरेको हो ।

नयाका सभापति निजन चौलागाईंले नयाँ सभापति थापालाई कार्यभार हस्तान्तरण गरेका थिए ।

साधारणसभाले उपसभापतिमा शेखर तिवारीलाई चयन गरेको छ भने महासचिवमा सुमन श्रेष्ठ, सचिवमा मिलन भट्ट, सहसचिवमा राजेश टण्डन, कोषाध्यक्षमा श्रवण भट्टराई, युवा संयोजकमा लेखमणि त्रिताल,आईटी संयोजकमा कृष्ण ढकाल, महिला संयोजकमा प्रिंका सिटौला, ईभेन्ट कोअर्डिनेटरमा जेनिस लामा चयन गरेको हो ।

यस्तै कार्यसमिति सदस्यमा युवराज गुरागाईं, निरज पन्त, गणेश बानिया, सुनील गौतम, विज्ञान ढकाल, सुगत त्रिपाठी, विज्ञान अधिकारी, मोहन थापा, भुवन जंग बस्नेत, विकल्प घिमिरे, केदार रायमाझी तोकिएका छन् ।

केविसीखबरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थापाले नयाँ कार्यसमितिको पहिलो बैठक बसेर आगामी दुईवर्षको कार्यक्रम खाका बनाउने बताए । उनले युवा केन्द्रित कार्यक्रमहरु विगतमा पनि हुँदै आएको र त्यसलाई निरन्तरता दिने साथै विभिन्न विकृतिहरुबाट युवालाई जोगाउन सचेतना कार्यक्रमहरुमा आफ्नो जोड रहने बताएका छन् ।

संस्थाका महासचिव सत्यप्रकाश कँडेलले सञ्चालन गरेको र अध्यक्ष निजन चौलागाईको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थापक अध्यक्ष कोमल पाठक, नेपालको कोशी प्रदेशका सांसद भक्ती सिटौला, वरिष्ठ राजनीतिज्ञ एवं विश्व हिन्दु महासंघ नेपाल अध्यक्ष रामचन्द्र अधिकारी , एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, वाणिज्यदुत सन्जिव शर्मा, एनआरएनए आईसीसी सचिव डा।ज्ञानेन्द्र रेग्मी, अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक विनोद कुवर, रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, संस्थापक दिनेशराज जोशी, महेन्द्रकुमार लम्साल, एनआरएनए आईसीसी सदस्य रमेश अधिकारी, डिल्ली ढकाल, पुर्णनाथ घिमिरे, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, शमसेरसिंह थापा, अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसिसयनका उपाध्यक्ष प्रकाश हुमागाँई, एनसिसी सदस्य सुर्यभक्त खनाल,अन्तराष्ट्रिय झापाली समाजका संस्थापक भवानी ओली, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यष महेन्द्र ओली, उमेश पोखरेल, भुपाल सिटौला, एनआरएनए पूर्व युथ कोअर्डिनेटर ईर्साद आहाम्मद, जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष ईथान शाक्य, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, उपाध्यक्ष छवि सापकोटा, पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, कोषाध्यक्ष विकास सापकोटा, प्रवासी नेपाली एकता समाजका संस्थापक अजय राजवशीं, जनसम्पर्क समितिका पूर्व सभापति कृष्ण गिरी , ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, महिला सामाजिक अगुवा सबला बस्नेत, पुजा चन्द, देब राना, सागर काफ्ले, बिकाश झा लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।