काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आज सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिमा बयान दिने भएका छन् ।
सभापति सूर्य थापाका अनुसार गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको छ । लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको छ ।
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो । समितिको समयावधि यही भदौ २३ गते सकिँदैछ ।
७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन् ।
प्रतिक्रिया