काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले सोमबार राष्ट्रपति भवनमा सो भेट भएको जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको सहायक प्रवक्ता पन्थीले बताउनुभयो ।
सोही अवसरमा राष्ट्रपति पौडेलले राजदूत वोकलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया