मेलबर्न अष्ट्रेलिया ।
दिदीबहिनी इभेन्ट्सले नेपाली नारीहरुको पवित्र पर्व हरितालिका तीजको अवसर पारेर अष्ट्रेलियाका विभिन्न सहरमा ‘दिदीबहिनी तीज साँझ(२०२४’ को आयोजना गरेको छ। अगस्ट ३ तारिख मेलबर्नबाट सुरु भएको उक्त कार्यक्रम अष्ट्रेलियाका बिभिन्न सहरमा गरिने भएको हो।
‘दिदीबहिनी तीज साँझ(२०२४ नाम दिइएको उक्त कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरु पशुपति शर्मा, कोमल वली, रुविना अधिकारी र देवी घर्ती सांगीतिक प्रस्तुति दिने दिदीबहिनी इभेन्ट्सकी प्रमुख बिन्दु पौडेलले जानकारी दिइन्।
नेपाली मौलिक तीजका गीत मार्फत् यहाँका नेपाली दिदि बहिनीहरुलाई माइतिको तिर्सना मेटाउने प्रयास स्वरूप कार्यक्रमको आयोजना गरिएको उनले बताएकी छन्। अस्ट्रेलियाका विभिन्न सहरमा गरी ३० भन्दा बढी कार्यक्रम गरिने उनको भनाइ छ।
अगस्ट ३ मा मेलबर्न, अगस्ट १०,१६ ,१७ र ३१ तारेखमा सिड्नी, अगस्ट २५, २६, २८, ३० र सेप्टेम्बर १ मा मेलबर्न र पर्थ, अगस्ट २९ मा एडिलेट, अगस्ट २७ मा वागावागा, अगस्ट २४ मा न्यु कासल, मेलबर्न र सिड्नी, अगस्ट २३ होबार्ट तास्मनिया, अगस्ट १९ मा ब्रिस्बेन, अगस्ट २० मा पिचटन, अगस्ट २५ मा मेडल्याण्ड, अगस्ट १७ मा मेलबर्न र अगस्ट १८ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्ना प्रस्तुति हुनेछ ।
प्रतिक्रिया