विराटनगर । स्थानीय निकायको नेतृत्वमध्ये चर्चित एक पात्र सुनसरीको धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङको विरोधमा यतिबेला सडक तातेको छ । पानी खुवाउने एजेन्डा बोकेर चुनवामा उत्रिएका उनले विजय हासिल पनि गरे तर हाल पानीकै शुल्क चर्को बनाएपछि उनको विरोध सुरु भएको हो । जनश्रमदान गरेर पानी धरान ल्याउन सफल भएपछि उनको ठूलो वाहवाही भएको थियो ।
विहीबार दश राजनीतिक दल र विद्यार्थीको अगुवाइमा भएको जनप्रदर्शनका क्रममा धरानमा घम्साघम्सी नै चल्यो । आक्रोशित धरानबासीले उपमहानगरको साइनबोर्ड उप्काएर फ्याँक्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई रोक्यो । यस क्रममा मारपिट चल्यो । एक प्रहरीसहित तीनजना घाइते भए । यसलाई व्यंग्य गर्दै हर्कले लेखेका छन् मेरो पुलिसभन्दा सरकारको पुलिस पो कमजोर रहेछ । उनले आन्दोलनकारीलाई कारवाही नगरेकोमा असन्तुष्टि जनाएका थिए ।
महसुल वृद्धि फिर्ताको माग गर्न नगर प्रमुखको ध्यानाकर्षण गर्न आउने क्रममा उपमहानगर कार्यालय प्रवेश गर्न रोक लगाइयो । भित्र जान नपाएपछि विद्यार्थी थप आक्रोसित बने । साँझसम्म धर्ना र विरोध चलिरह्यो । विद्यार्थी घाइते भएको विषयमा मेयर साम्पाङले प्रेस विज्ञप्ति प्रकासित गरी माफी मागेका छन् ।
घटनामा महेन्द्र बहुमुखी क्याम्पस बिए चौथो सेमेष्टरका विद्यार्थी विक्रम परियारमाथि लाठी प्रहार भएको थियो ।
विद्यार्थीहरूले नगर प्रमुख साम्पाङले लिखित माफी नमागेसम्म धर्ना जारी राख्ने जनाएसँगै साम्पाङले तीनपटक भाषा सच्याएर राति नै विज्ञप्ति प्रकाशन गरेका छन् ।
हर्कविरुद्ध किन आक्रोश बढ्न पुगयो अहिले यस्तो धेरैको जिज्ञासा छ । आन्दोलनमा सक्रिय एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का धरान अध्यक्ष मनोज भट्टराईका अनुसार जनताको चाहना विपरीत र मनोमालिन्य ढंगले एक्लै अघि बढ्न खोज्दा समस्या भएको हो ।
धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेकोमा स्थानीयको आक्रोश छ । अब पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन गरिरहने भन्दै महसुल काउन्टरहरूमा तालबान्दी भएको छ । नेपाली कांग्रेस उपमहागनर सभापति श्याम पोखरेलले जारी आन्दोलनलाई साम्पाङले नै बढाएको आरोप लगाएका छन् ।
जनताको मागप्रति बेवास्ता गरिरहेको बताउँदै उनले भने,“औपचारिक पत्राचार नगरी वार्तामा आऊ भन्दा कोही जान्छ रु बस्न सकिँदैन । शुल्क वृद्धिको खारेजी नै हाम्रो प्रमुख माग हो ।”
बिहीबार बाहिर आन्दोलन चलिरहँदा उपमहानगर परिसरको गेट भित्रबाट साम्पाङले मौखिक रुपमा दलका एक–एक जना प्रतिनिधिलाई वार्तामा आउन आग्रह गरेका थिए ।
यस्तो छ शुल्क वृद्धि
धरानमा खानेपानीमा अत्याधिक शुल्क वृद्धि भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । नयाँ धारा जडान गर्न खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ । पहिलो १र२ इन्चको पाइपमा घारा जडान गर्नुपरे जम्मा १५ हजार रुपैयाँ शुल्क लाग्दथ्यो ।
अब २० हजार रुपैयाँ बुझाउनु पर्छ । ४र३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ ।
यसअघि १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । १ इन्चको पाइपमा अहिले ५० हजार शुल्क लाग्छ जबकि पहिले १५ हजार रुपैयाँ तिरे हुन्थ्यो । १–१र२ इन्चको धारा जडानको शुल्क ७५ हजार रुपैयाँ पुगेको छ । पहिले २० हजार लाग्थ्यो ।
यसैगरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको छ । १र२ को पाइपमा २ हजार शुल्क लिने गरेकोमा ५ हजार रुपैयाँ पुर्याइएको छ । ४र३ को पाइपको ३ हजारबाट ८ हजार,१ इन्चको पाइपमा ४ बाट १० हजार, १–१र२ इन्चको पाइपको शुल्क ५ हजारबाट १५ हजार बनाइएको छ । बोर्डले खानेपानीको महसुल पनि बढाएको छ ।
प्रतिक्रिया