लेखा समितिलाई तनाव, पचास हजार पेजको बक्यौता बिल बुझायो प्राधिकरणले

लेखा समितिलाई तनाव, पचास हजार पेजको बक्यौता बिल बुझायो प्राधिकरणले



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ ।

लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे विवाद उत्कर्षमा पुगेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी ९टाइम अफ डे० मिटरको तथ्यांक मागेको थियो । लेखा समितिले प्राधिकरणलाई टीओडी मिटरको विवरण पेस गर्न पाँच दिनको समय दिएको थियो ।

टीओडी मिटरको विवरण मेटिइसकेको चर्चा भइरहेका बेला प्राधिकरणले संसदीय समितिमा ५० हजार पेजको ुप्रमाणु उपलब्ध गराएको छ ।
संसारमा सरकारी निकायले नै अर्को सरकारी प्राधिकरणको शुल्क छुट दिनका लागि जोडबल गरेको सम्भवतः यो नै पहिलो घटना हो । सरकारी निकायका रुपमा रहेको प्राधिकरणमा मुनाफा भएको कारण तनावमा रहेका तत्वहरुले यस किसिमको उद्दण्ड गरेको भेटिएको छ । कुलमानलाई हटाउने चर्चा चलिरहेको बेला प्रमाणसहित, यसअघिको मन्त्रिपरिषद्को निर्णयसहित शुल्क उठाउने प्रयास गर्दा थालिएको यो घेराबन्दीले सरकारकै लोकप्रियतामा असर पार्नसक्ने धेरैको आंकलन छ ।