नइ प्राइड अफ द इयर अवार्ड २०२४ क-कसले पाए ?

नइ प्राइड अफ द इयर अवार्ड २०२४ क-कसले पाए ?



सिड्नी ।

नइ एकेडेमी अस्ट्रेलियाले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गर्दै आईरहेको “नइ प्राइड अफ द इयर अवार्ड “ सम्पन्न भएको छ । एकेडेमीले यस वर्ष ५ विधामा अवार्ड प्रदान गरेको छ । ग्रानभिलको बार्दली फंक्सन सेन्टरमा आयोजित औपचारिक समारोहको शुभारम्भ न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जिव शर्मा लगायतले गरेका थिए ।

कार्यक्रममा सम्मानीतहरुलाई पारामाटाबाट राज्यमा प्रतिनिधित्व गर्ने सांसद संसद डोना डेभिसले बधाई सन्देश पठाएकी थिइन् ।
कार्यक्रममा बोल्दै नइ एकेडेमी अस्ट्रेलिया अध्यक्ष सिमा रोसीले नई प्रकाशनले नेपाली कला, संस्कृति, भाषा, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, सामाजिक सेवा र सद्भावमा जस्ता विविध क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाइ नइ अवार्डद्धारा सम्मान गरिएको धारणा राखेकी थिइन् । एकेडेमीले गतवर्ष महिला सशक्तिकरणलाइ प्रोत्साहान गर्दै विविध क्षेत्रका तीन जना महिला व्यक्तित्वहरुलाइ “वोमन अफ द ईयर” अवार्डद्धारा सम्मान गरेको भन्दै यस वर्ष एकेडेमीले महिला र पुरुष दुबैलाई लक्षित गर्दै भाषा, साहित्य, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक सद्भाव तथा समाजसेवा जस्ता क्षेत्रका विविध पक्षलाइ सम्मान गरेको जनाएको छ ।
यस वर्षको नइ विशेष सम्मान नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बहुभाषिक कवि सन्तोष कुमार पोखरेललाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय साहित्य र संस्कृतिको प्रवर्द्धनमा कविले दिएको योगदानका लागि अस्ट्रेलियन डलर ५०० सहित विशेष सम्मान गरिएको थियो । अन्य सम्मानितमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, डा. मनोज कुमार सिंह, ओम ढुंगेल, रानी दिदी मोना अस्ट्रेलिया, र पत्रकार तकदिर अधिकारी छन् ।

सम्मानपछि आफ्नो धारणा राख्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नई प्रकाशनले विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान सहित अवार्ड प्रदान गर्नु सह्रानीय कार्य रहेको बताएका थिए । एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङले नइ एकेडेमी अस्ट्रेलिया वास्तविक योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको भन्दै निरन्तरता दिन आग्रह गरे ।

बाल कलाकार अक्क्षिता तिमिल्सिनाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नई एकेडेमी अस्ट्रेलिया उपाध्यक्ष जेनिशा गौतमको संयोजन तथा सचिव प्रनब विक्रम थापाको उप(संयोजन रहेको थियो एवार्ड वितरणपछि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो जसमा कलाकारहरु जेनिसा गौतम र सुशील कटुवालले आफ्नो प्रस्तुति दिएका थिए ।