मेलबर्नमा गयो ४ रेक्टरस्केलको भूकम्प, २०२१ को भूकम्पको पराकम्प

मेलबर्नमा गयो ४ रेक्टरस्केलको भूकम्प, २०२१ को भूकम्पको पराकम्प



मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नमा बुधबार विहान ४ बजे ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको छ । धेरै मेलबर्नवासीले भूकम्पको अनुभूति गरेपनि कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । विज्ञहरुले यसलाई सन् २०२१ मा एउटा घरमा क्षति पुग्नेगरी गएको भूकम्पको पराकम्प भनेका छन् । मेलबर्नको उत्तरपूर्वी क्षेत्रमा यसको केन्द्रविन्दु रहेको भूगर्भविदहरुले जनाएका छन् ।
केही स्थानीयले आफुहरुले भूकम्प गएको प्रत्यक्ष महसूस गरेको स्थानीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।