काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते भएका क्याप्टेन शाक्य सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए । अस्पतालका अनुसार उनको स्वास्थ्य सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।
साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया