तास्मानिया, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ नर्दन तास्मानिया (एनएसटि)को अध्यक्षमा रवि सिंह बिष्ट पुनः दोहोरिएका छन्। आइतबार मा सम्पन्न संस्थाको छैठौँ साधारण सभाले आगामी कार्यकालका लागि विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा विवेक खनाल, महासचिवमा राजन श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम रिमाल, सह-सचिबमा स्वस्तिक पौडेल, पब्लिक रिलेशन अफिसरमा संकर दाहाल र सदस्यहरुमा वसन्त विष्ट, राजिब पन्थि, रमेश सापकोटा, कलेन्द्र दशौडि, रोशन श्रेष्ठ, सरोज खनाल र पुकार बोहोरा रहेका छन्।
तास्मेनियाको उत्तरी भागमा पर्ने लन्सेस्टन र यस नजिकमा बसोबास गर्ने १८० बढी नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको साधारण सभाले संस्थालाई विभिन्न रुपमा सहयोग पुर्याउने व्यक्तित्वलाई सम्मानित गरिएको थियो।
एनएसएनटीका सचिव राजन श्रेष्ठले संचालन गरेको साधार सभामा अध्यक्ष बिष्टले एनएसएनटीका विगतका उपलब्धिहरू र आगामी वर्षका लागि केही महत्वपुर्ण योजना प्रस्तुत गरेका थिए। उनले आगामी वर्षको लागि एक महत्वाकांक्षी परियोजना आउट लाइनस सार्वजनिक गरेका थिए। तस्मानियामा सामुदायिक हल र मन्दिरको स्थापनाले नेपाली समुदायका सांस्कृतिक र सामाजिक सम्बन्धहरूलाई थप बलियो बनाउने उनले बताएका थिए।
सन् २०१८ मा स्थापना भएको संस्थाले संस्थाले प्रत्येक शनिबार बिहान १० बजे देखि १२ बजे सम्म माओब्रायको एमआरसी हलमा नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ। संस्थाले अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो नेपाली पुस्तालाई आफ्नो भाषा, कला संस्कृति र मौलिक परम्परालाई पुस्तान्तरण गर्न सहयोग मिल्ने उद्देश्यले नेपाली भाषाको कक्षा संचालन गर्दै आएको छ।
संस्थाले लन्सेस्टनमा रहेका नेपालीहरुलाई समेट्दै देउसी भैलो, होलि मेला, सांस्कृतिक परेड र जुवा अर्थात ग्याम्लिङका बारेमा सचेतनामुलक कार्यक्रम गरेको थियो।
प्रतिक्रिया