काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालले आफुबाट प्रस्तुतिजन्य गल्ती भएको स्वीकार गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालबाट एक विज्ञप्ति जारी गर्दै आफुलाई कारवाही गरेपछि त्यसको प्रतिवादका क्रममा केही शैलीगत रुपमा गलत कुराहरु आफुले बोलेपनि कुनै कुनै कुरा झुठा भने नभएको उनले बताएका छन् । समय क्रममा यी कुरा पुष्टि हुँदै जाने उनले बताएका छन् ।
पार्टीलाई रवि लामिछानेको क्लबबाट पार्टीमा रुपान्तरण गर्नका लािग केही बुँदा अघि सार्दै उनले आर्थक पारदर्शीतामा जोड दिएका छन् । उनले उपसभापति स्वर्णिम वाग्लेको नाम नलिई पार्टीभित्र बसेर मोनरो डक्ट्रीनको कुरा गर्ने, भुटानजस्तो बनाउनपर्छ भन्नेहरुलाई पार्टीले निष्काशित गर्नुपर्ने धारणा राखेका छन् । यस्तो छ उनको विज्ञप्ति
प्रतिक्रिया