तास्मानियामा ‘एनटीएसए मल्टीकल्चरल फुटबल टुर्नामेन्ट’ हुँदै, विजेतालाई २५ सय डलर पुरस्कार

तास्मानियामा ‘एनटीएसए मल्टीकल्चरल फुटबल टुर्नामेन्ट’ हुँदै, विजेतालाई २५ सय डलर पुरस्कार


तास्मानिया अष्ट्रेलिया ।

नेप्लिज तास्मानिया स्पोर्टस एसोसियसन (एनटीएसए)ले मल्टी कल्र्चरल फुटबल टुर्नामेन्टको आयोजना गरेको छ। तास्मानियामा रहेका विभिन्न समुदायलाई लक्षित गरी (एनटीएसएले जुलाई २८ तारिख उक्त फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

डाम्पियर स्ट्रीट वारेन फुटबल ग्राण्डमा हुने फुटबल टुर्नामेन्टमा भियतनामी, भुटानी, नाइजेरियन र तास्मानियाको नेपाली फुटबल क्लबले सहभागीता जनाउने एनटीएसएका प्रवक्ता हरी गोतामेले जानकारी दिए। पाँच सय प्रवेश शूल्क तोकिएको प्रतियोगिताको बिजेताले दुई हजार पाँच सय अष्ट्रेलियन डलर, उपबिजेताले एक हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल प्रदान गरिने उनले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडलको व्यवस्था गरिएको उनले बताए। रोशन भट्टराईले अवार्डको प्रायोजन गरेको फुटबल टुर्नामेन्टका संयोजक समेत रहेका गोतामेले केबीसी खबरलाई जानकारी दिए। 

एनटीएसए महिला फुटबल कप र एनटीएसए सोसियल कपको पनि अयोजना गरेको संयोजक गोतामेले बताएका छन्। महिला र सोसियल कपका बिजेताले मेडल प्राप्त गर्ने उनको भनाइ छ। प्रतियोगिताको टाइटल स्पोन्सर न्यु कन्सेप्ट फाइनान्स रहेको छ। अघिल्लो वर्ष (२०२३)मा एनटीएसएले फुटसल प्रतियोगिता आयोजना गरेको थियो।