ब्रिजवेनमा काठमाडौं प्रोपर्टीको नयाँ शाखा

ब्रिजवेनमा काठमाडौं प्रोपर्टीको नयाँ शाखा


ब्रिजबेन अष्ट्रेलिया ।

ब्रिजवेनमा काठमाडौ प्रोपर्टीको शाखा खुलेको छ। अष्ट्रेलियावासी नेपालीको लगानी रहेको रियल स्टेट कम्पनी गत हप्ता एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो। 

मेलवर्नमा मुख्य कार्यलय रहेको प्रोपर्टीमा एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहेका सन्तोष कुँवर, पुर्व उपाध्यक्ष उमेश खड्का र पुर्व संचारकर्मी रेशमराज सिग्देलको सामूहिक लगानी रहेको छ। प्रोपर्टीमा एक प्रिन्सिपल एजेण्ट, एक रेन्टल म्यानजर र ५ जना रियल स्टेट एजेन्ट रहेको लगानी कर्ता मध्यका एक उमेश खड्काले बताए। 

क्वीन्सल्याण्डमा बढ्दै गरेको नेपाली समुदायलाई मध्यनजर गर्दै काठमाडौं प्रोपर्टीको नयाँ शाखा विस्तार गरिएको खड्काले केबीसी खबरलाई बताए। उनले प्रोपर्टीले घर किन्ने आफ्ना ग्राहकलाई १० हजार डलरसम्मको सुविधा दिने बताए। प्रोपर्टी शाखा विस्तारले भर्खरै अष्ट्रेलिया आएका विद्यार्थी र ब्रिजवेनको नेपाली समुदायमा मदत पुग्ने उनले दाबी गरे। 

उद्घाटन कार्यक्रममा क्विन्सल्याण्डको नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। उनीहरूले काठमाडौं प्रोपर्टीको नयाँ शाखा ब्रिजवेनमा खुलेकोमा खुसी व्यक्त गरेका थिए। कार्यक्रमलाई सविना कुँवरले संचालन गरेकी थिइन।