काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुले पक्राउ गरेका, धरौटीमा रिहा गरेका, अनुसन्धान थालेका व्यक्तिहरुलाई नै पुरस्कृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
प्रकाशमान सिंहलाई बालमन्दिर काण्डमा, आरजु देउवालाई नक्कली शरणार्थी प्रकरणमा र जग्गा स्काउटको जग्गा हिनामिना आरोप लागेका दिपक खड्कालाई मन्त्री बनाइएकोमा उनले संकेत गर्दै भ्रष्टाचार गर्न दिन्न, गर्नेलाई छोड्दिन भन्ने प्रधानमन्त्रीको भनाई पूरा गर्न चुनौती दिएका हुन् । उनले संसदमा दिइएको १० मिनेट समयमा बोल्दै कांग्रेस र एमालेको गठबन्धन बन्दा पनि काम गर्न नसके के हुन्छ रु भन्दै प्रश्न गरेका छन् ।
ठूला दलहरुले गएको ३४ वर्षमा के के गरे सबै देखिसकेको र अब दुई मिलेर के गर्छन् हेर्न तयार रहेको उनको भनाई थियो । गुण र दोषका आधारमा हामी समर्थन र विरोध गर्नेछौं, लामिछानेको भनाई छ ।
उनले उपसभामुखमाथि अनर्गल प्रचार गरिएको भन्दै बचाउ समेत गरेका छन् । आफ्नो पार्टीबाट उपसभामुख भएपनि अहिले स्वतन्त्र व्यक्ति भएका कारण बचाउ गर्न आवश्यक नभएपनि के भएको हो त्यो बताउन खोजेको भन्दै उनले प्रष्टीकरण दिए । लामिछानेले भने, उहाँको संस्थामा एकपटक माग्दा करोडौं डोनेसन आउँछ । त्यहाँ १०, २० लाखको लागि यस्तो काम गर्न आवश्यक छैन ।
बरु, पुराना दलहरुमा दूतावासमा चिठ्ठी लेखेर भिसा माग्नेदेखि सडकमा भिसा मागेर हिंड्नेहरुसम्म छन् । तर, हामीले गलत गरेको छैन । भिसाका लागि लिइने अन्र्तवर्ताको समय चाँडो होस् भनेर मात्र पत्रमा लेखिएको र त्यस विषयमा विवाद भएपछि छानविन गर्न तयार रहेका उनले जानकारी दिए ।
प्रतिक्रिया