राप्रपाले सरकारलाई विश्वासको मत नदिने, एमाले महासचिवको भनाईले झस्कायो

राप्रपाले सरकारलाई विश्वासको मत नदिने, एमाले महासचिवको भनाईले झस्कायो



राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा विश्वास गर्न नसकिने बताएका छन् । उनले संसदमा बोल्दै सरकारको विपक्षमा बस्ने निर्णय सुनाएका हुन् । सात बुँदे सहमतिका साथ सरकार बन्ने भएपछि त्यसको स्वागत गरेको राप्रपाले किन विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ? यसबारेमा पनि उनले केही खुलाएका छन् । लिङ्देनका अनुसार एमाले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा दुई दलीय व्यवस्थामा जानुपर्ने कुरा बताएको कारण आफु झस्किएको उनको भनाई थियो ।

‘कांग्रेस-एमाले मात्रै भएको देश कस्तो हुन्छ होलारु अरू दलहरू हुँदा त यस्तो छ,’ उनले भने, ‘यो खतराबाट देशलाई जोगाउनको लागि पनि राप्रपा प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।’

मुलुकमा अस्थिरता ल्याउनुमा दुई ठूला मुख्य दलहरू दोषी रहेको उनले आरोप लगाए। ठूला दलको प्रवृत्ति र चरित्रका कारण राजनीति अस्थिर भएको पनि उनले बताए।