मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले बार्बिक्यू गर्दै, नेपाली परिवार जोड्ने प्रयास

मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले बार्बिक्यू गर्दै, नेपाली परिवार जोड्ने प्रयास


मेलबर्न, अष्ट्रेलिया । मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले आईतबार २१ जुलाईका दिन विन्ड्याम पार्क वैरवीमा बार्बिक्यू गर्ने भएको छ । मेलबर्नका पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था एमएनसी वेष्टले विहान ११ बजेदेखि कार्यक्रम गर्न लागेको हो । संस्थाकी अध्यक्ष मनिषा अर्यालले केविसीखबरसँग कुरा गर्दै पछिल्लो समय धेरै नेपालीहरु यस क्षेत्रमा बसाई सरेर आएको र उनीहरुबीच परिचय आदान प्रदानका लागि कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष अर्यालले नेपालबाट आएका अभिभावकहरुको लागि लक्षित कार्यक्रम भएपनि बालबालिकाहरुको लागि विभिन्न खेल कार्यक्रमहरु पनि आयोजना गरिने बताएकी छिन् । उनले भनिन, “अभिभावकहरु भेला भएपछि एकअर्कामा परिचय हुन्छ । सामूदायिक गतिविधिमा सहभागिता बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।”

हालै मात्र अष्ट्रेलियाका विभिन्न राज्यबाट मेलबर्नमा बसाई सरेर आउनेहरुको संख्या बढेको छ । यसरी आउनेमध्ये पश्चिमी क्षेत्रमा बसोबास गर्नेहरुको लागि संस्थाले कार्यक्रम गर्न लागेको हो ।