काठमाडौँ ।
कांग्रेस इतर समूहका नेता डा शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरूका विषयमा आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफल गरेका हुन् ।
बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरू जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायतको सहभागिता थियो।
छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको छ ।
प्रतिक्रिया