प्रधानमन्त्री नियुक्तिसँगै आईतबार नै प्रधानमन्त्री र मन्त्रीको सपथ हुने

प्रधानमन्त्री नियुक्तिसँगै आईतबार नै प्रधानमन्त्री र मन्त्रीको सपथ हुने


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने गृहकार्य यतिबेला जोडतोडले भइरहेको छ । मन्त्रालयको बाँडफाँडका विषयमा निरन्तर दई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेका दोश्रो तहका नेताहरु छलफलमा छन् भने स्वयं अध्यक्ष ओली र सभापति देउवाले उनीहरुलाई निर्देशन दिइरहेका छन् । दुई दललाई समान हैसियतमा मन्त्रालयको बाँडफाँट गर्ने र अहिलेकै यो मोडालिटीलाई देउवा नेतृत्वको सरकार बनाउँदा पनि कायम राख्ने दुई दलबीच सहमति बनेको छ । साना दलहरुलाई समेत समेटेर राष्ट्रिय सहमतिको दुई तिहाई मतको सरकार बनाउने गृहकार्य भइरहँदा उनीहरुबाट समेत मन्त्रीको नाम मागिएको छ ।
पछिल्लो समय गरिएको गृहकार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय एकै दललाई नदिने, सरकारको नेतृत्व गरिरहेको दलले अर्थ मन्त्रालय लिने सहमति छ । यस्तै परराष्ट्र मन्त्रालय हाँक्ने दलले सञ्चार मन्त्रालय पाउने छैन । भौतिक पूर्वाधार मन्त्रालय पाउने पार्टीले ऊर्जा मन्त्रालय पाउने छैन ।

प्रधानमन्त्रीको नियुक्तिसँगै एकैसाथ पूर्ण आकारको सरकार गठन गर्ने तयारी गरिएपनि साना दलहरुबाट भने पछि पनि मन्त्री थप्न सकिने भएको छ ।

आईतबार साँझ ५ बजे राष्ट्रपतिले सरकार गठन गर्नका लागि दिएको समय सकिने वित्तिकै राष्ट्रपतिले दावी अनुसार प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई नियुक्त गर्नुहुने र तत्कालै सपथग्रहण सम्पन्न गर्ने तयारी भएको हो ।

हाल चर्चामा नेपाली काँग्रेसको तर्फबाट रमेश लेखक, आरजु देउवा लगायतको चर्चा छ । तर, सरकारको नेतृत्व भने प्रकाशमान सिंहले गर्ने भएका छन् । एमालेमा विष्णु पौडेल सहितका माथिल्लो तहका नेता नै सरकारमा सहभागी हुनेछन् । यस पटक केही नयाँ युवा अनुहारहरुलाई पनि मन्त्रीमण्डलमा समावेश गर्ने तयारी दुबै दलले गरेका छन् । यद्यपि यी युवा पनि गुटगत सिफारिशका आधारमा नै आउने विश्वस्त श्रोतहरुले बताएका छन् ।