काठमाडौँ ।
नयाँ सरकार गठन नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारलाई काम चलाउ सरकारको हैसियतमा काम गर्न जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिनु भएको हो ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ।
प्रतिक्रिया