नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन


काठमाडौँ ।

चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए ।

स्थानीय बासीका अनुसार केही यात्रुले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भरतपुर महानगरपालिका वडा नं। २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन।