काठमाडौँ ।
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ।
विरगन्जबाट काठमाडौं आउँदै गरेको बस बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ। त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ। उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ।
उक्त खबर पछि एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।
प्रतिक्रिया