रास्वपाको बैठकमा महामन्त्री ढकाल कालो टेपले मुख टालेर सहभागी

रास्वपाको बैठकमा महामन्त्री ढकाल कालो टेपले मुख टालेर सहभागी


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को केन्द्रीय समितिको बैठकको बैठकमा महामन्त्री डा. मुकुल ढकाल कालो टेपले मुख टालेर सहभागी भएका छन्। प्रत्यक्ष प्रशारण नगरिएको भन्दै महामन्त्री ढकालले विरोध जनाएका हुन्।

आज बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन्। उनले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाए।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ। साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने उल्लेख छ। पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ।