काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।
उनले भने, ‘नेपालको राजनीतिमा एकखालको अस्थिरता, चलखेलहरु भइरहन्छ । त्यो नहुनुपर्ने थियो । हामीले स्थायित्वको लागि प्रयासहरु पनि गरेका छौं । पछिल्लो समय जे भइरहेको छ त्यो देश र जनताको हकमा छ भन्ने हामीलाई लाग्दैँन् र यसले स्थायित्व दिन्छ भन्ने कुरा पनि लाग्दैँन्। यद्यपी यो घटना अगाडि बढि सकेपछि अब बन्ने गठबन्धनमा हामी सामेल हुँदैनौं । त्यो स्पष्ट छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउछौ । हामी सरकारमा जादैँनौ ।’
उनले नयाँ गठबन्धन देश र जनताको हकमा नभएको र यसले स्थायित्व पनि नदिने भन्दै यसमा सहभागी नहुने निर्णय गरेको बताए।
प्रतिक्रिया