काँग्रेस-एमालेको मध्यरातको सहमतिपछि ‘प्रचण्ड’ले बोलाए पदाधिकारी बैठक

काँग्रेस-एमालेको मध्यरातको सहमतिपछि ‘प्रचण्ड’ले बोलाए पदाधिकारी बैठक


काठमाडौँ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो।

दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ। सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ।

काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ।