एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने


असार १८, काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन्। अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताए।

भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौं । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौं। ’यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ।

बर्तौलाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ। यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौं।’

उनले अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताइएको छ।