कति छ आज विदेशी मुद्राको विनिमय दर ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मंललबारका लागि विदेशी मुद्राको विनिमय दर कोतेको छ। राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ। त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।