एमालेसँगको सत्ता समझदारीलाई अनुमोदन गर्न देउवाले बोलाए पदाधिकारी बैठक

एमालेसँगको सत्ता समझदारीलाई अनुमोदन गर्न देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ। बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ।

कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारीमा दुई दलका शीर्ष दुई नेताले हस्ताक्षर गरेका थिए।

दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको बताइएको छ।