नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ


काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई शुक्रबार बौद्धबाट पक्राउ गरिएको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गएको वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डौले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो। अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो।