डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?

डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ । बुधबार डलको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको थियो।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा रहेको छ। यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ रहँदा बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा रहेको थियो।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १६ पैसा रहेको छ। आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० र बिक्री दर ३६ रुपैयाँ ७६ पैसामा कारोबार भैरहेको छ।