पर्थको नेपाली सामूदायिक केन्द्रका लागि तीन महिनामा पाँच लाख बढी रकम संकलन, थप सहयोगका लागि अपिल

पर्थको नेपाली सामूदायिक केन्द्रका लागि तीन महिनामा पाँच लाख बढी रकम संकलन, थप सहयोगका लागि अपिल


पर्थ, अष्ट्रेलिया ।

अष्ट्रेलियाको पर्थमा निर्माण हुने नेपाली मन्दिरका लागि तीन महिनाको अवधिमा पाँच लाख ५० हजार अष्ट्रेलियन डलर संकलन भएको छ। आर्थिक संकलन अभियानलाई तीव्रता बनाएसँगै थप १५० जना सदस्यबाट पाँच लाख ५० हजार संकलन भएको हो। 

योसँगै पर्थमा सामूदायिक केन्द्र, मन्दिर र गुम्बा बनाउने अभियानमा जोडिने सदस्यको संख्या चार सय पुगेको आर्थिक संकलन अभियानका संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए। यस महान् अभियानलाई सार्थक पार्न पर्थवासी नेपालीहरूले ठुलो हृदय पारेको उनले बताए। 

पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरको निवर्तमान अध्यक्ष रोशन शेर्पा र उनका श्रीमान् मीन बहादुर पुनले अहिलेसम्मकै सबैभन्दा बढी एक लाख पाँच हजार अष्ट्रेलियन डलर चन्दा दिएको उनले बताए। समितीले उनको सम्माननार्थ हिमाली गोरखा रेस्टुरेन्टमा सम्मान कार्यक्रमको पनि आयोजना गरिएको उनको भनाइ छ।

रोशन शेर्पा र उनका श्रीमान् मीन बहादुर पुन

यादव शर्मा र बिनिता शर्माले २५ हजार एक सय, डा. नविन पौडेल र डा अनिता गौतम दङ्गालले २५ हजार एक सय २५ र राजेश बुढाथोकी र उनकी श्रीमती सुनिता कोइरालाले २५ हजार ५ सय ५५ अष्ट्रेलियन डलर मन्दिर निर्माणका लागि दान गरेको संयोजक श्रेष्ठले बताए  

पर्थमा नेपाली मन्दिर र सामूदायिक केन्द्र निर्माणका लागि दश वर्ष अगाडी पशुपतिनाथ बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया नामक संस्था दर्ता गरेर यो अभियान थालिएको थियो। हालसम्म करिब १३ लाख अष्ट्रेलियन डलर सहयोग समेत जुटाएको छ भने संस्थामा ४ सय  सदस्यहरु जोडिएको उनले बताए। 

समितिले पर्थ सिविडीबाट ३३ किलोमिटरको दूरीमा १ दशमलब ४ हेक्टरमा फैलिएको जग्गा खरिदका लागि बैना दिइसकेको छ। बैना दिएको जग्गा यही शुक्रबार कम्युनिटी सेन्टरको नाममा नामसारी हुने अध्यक्ष बिनोद दाहालले बताए।

जग्ग प्राप्तीसँगै सामूदायिक केन्द्र भित्र विभिन्न संरचना निर्माण गर्न थप रकमको आवश्यकता पर्ने भएकाले अहिलेसम्म संस्थामा नजोडिनु भएका पश्चिम अष्ट्रेलियावासी नेपालीहरुलाई यस महाअभियानमा जोडिएर सहयोग गर्न अध्यक्ष दाहालले अपिल गरेका छन्।