लायन्स क्लबको १०६औँ अन्तर्राष्ट्रिय सम्मेलन मेलबर्नमा, पाँच सयबढी नेपाली सहभागी

लायन्स क्लबको १०६औँ अन्तर्राष्ट्रिय सम्मेलन मेलबर्नमा, पाँच सयबढी नेपाली सहभागी


मेलबर्न, अष्ट्रेलिया । लायन्स क्लबको १०६औँ अन्तर्राष्ट्रिय सम्मेलन भिक्टोरियाको मेलबर्नमा सुरु भएको छ। शनिबारबाट सुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनमा २१० देशबाट लायन्स सदस्यहरूले सहभागिता जनाउँदै छन्। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पाँच सय बढी नेपाली सहभागी भएका छन्। 

This image has an empty alt attribute; its file name is lions-768x579.jpg

सम्मेलन सुरु हुनु अघि सहभागीहरूले आ–आफ्नो देशको राष्ट्रिय पोसाक लगाएर परेड गरेका थिए। सम्मेलन सहभागी नेपालीहरूले पनि मौलिक पोसाक नेपाली झण्डासहित परेड गरेका थिए। पुरुष दाउरा सुरुवालमा सजिएका थिए भने महिलाहरूले नेपालको राष्ट्रिय फुल लालीगुराँसको बुटा भएको साडी चोलीमा सजिएका थिए। 

सम्मेलन चार दिनसम्म चल्ने छ।

This image has an empty alt attribute; its file name is 2-1-768x576.jpg

परेडको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्