गृहमन्त्री लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज

गृहमन्त्री लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज


काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिँदै छ। गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिन लागेको हो।

अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका उक्त मुद्दा यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त माग बोकेर रिट निवेदन लिएर अधिवक्ता भट्टराई सर्वोच्च पुगेका थिए।

सुरूमा उक्त रिट दरपिठ नभए पनि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुनः दर्ता भएको थियो। सर्वोच्चले रिट खारेज वा अन्तरिम आदेश जारी गर्न सक्छ। रिट खारेज भएमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउँछन्। तर अन्तरिम आदेश जारी गर्‍यो भने उनको मन्त्री पद धरापमा पर्नेछ।