अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश


काठमाडौं ।

आइसीसी टी–२० विश्वकपको समूह चरणमा स्कटल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा प्रवेश गरेको छ । नामेवियाविरुद्ध जित निकाल्दै सुपर एट पुग्नका लागि इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको नतिजा कुरेको थियो।

इंग्ल्याण्डलाई सुपर एटमका स्थान पक्का गर्नका लागि अष्ट्रेलिया विजयी हुनु पर्ने थियो । नतिजा पनि यही अनुसार आएको छ। स्कटल्याण्डको टोली भने प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रनको विशाल स्कोर बनायो । जवाफमा अस्ट्रेलियाले १९।४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै इंग्ल्यान्डलाई सुपर–८ मा पुर्यायो।

लक्ष्य पछ्याउन मैदान उत्रेको अष्ट्रेलियालाई छिट्टै पहिलो झट्का लाग्यो । डेभिड वार्नर मात्र १ रन बनाएर पभेलियन फर्किए। कप्तान मिचेल मार्सले पनि ८ रन मात्र बनाउन सके। ग्लेन म्याक्सवेलले पनि ११ रन मात्र बनाउन सके र कंगारु टोलीले ६० रनसम्ममा ३ विकेट गुमाएको थियो। तर, यसपछि ट्राभिस हेड र मार्कस स्टोइनिसले तुफानी साझेदारी गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए। दुवै ब्याट्सम्यानले चौथो विकेटका लागि ८० रन जोडे।

ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको इनिङ खेले। जहाँ मार्कुस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको इनिङ खेले। त्यसपछि टिम डेभिड र म्याथ्यु वेडले टोलीलाई जित दिलाए। अष्ट्रेलियाको यो जितसँगै स्कटल्याण्ड टी–२० विश्वकपबाट बाहिरिएको छ भने इंग्ल्यान्ड सुपर ८ मा छनोट भएको छ। स्कटल्याण्डका मार्क वाट र सेफरन सेरिफले दुई दुई विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डको सुरुआत राम्रो नभए पनि मिडिल अर्डरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको थियो।

स्कटल्याण्डले पहिलो विकेट ३ रन हुँदा गुमाएको थियो। उसका मिचेल जोन्स व्यक्तिगत २ रन बनाएर आउट भएका थिए। त्यसपछि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले ८९ रनको साझेदारी गर्दै अघि बढाए । मुन्से २३ बलमा ३५ रनको पारि खेल्दै म्याक्सवेलबाट आउट भएका थिए। मुन्सेले ३ छक्का र २ चौका प्रहार गरे।

ब्रान्डनलाई साथ दिन रिचे बेरिङटन आएका थिए। ११.२ ओभरमा टिमको स्कोर १११ रन हुँदा तेस्रो विकेट गुमेको थियो। यसबीचमा ब्रान्डनले ३४ बलमा ६० रनको अर्धशतकीय पारि खेलेर विदा भए। उनले ६ छक्का र २ चौका प्रहार गरेका थिए। ब्रान्डलाई एडम जाम्पाले पाखा लगाएका हुन्।

यसैगरी १४.३ ओभरमा १३६ रन हुँदा म्याथ्यु क्रस १८ रन बनाएर आउट भए। उनले ११ बलमा समान एक छक्का र चौका प्रहार गरेका बेला म्याक्सवेलले आउट गरेका थिए। टिमले १६.५ ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो। यतिबेला स्कटल्याण्डको स्कोर १५२ रन पुगेको थियो। पाँचौं विकेटको रुप्मा मिचेल लिस्क ५ रन बनाएर पभेलियन फर्किए। अन्तिमसम्म क्रिजमा कप्तान रिचे बेरिङटन डटेका थिए। उनले ३१ बलमा नटआउट ४२ रन बनाउँदा २ छक्का र १ चौका प्रहार गरे । क्रिस ग्रेभ्सले १० बलमा ९ रनको नटआउट पारि खेले।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट हात पारे। यस्तै, एस्टन अगरले ४ ओभरमा ३९ रन दिएर १ विकेट हात पार्दा नाथन इलिसले ४ ओभरमा ३४ रन खर्चिएर १ विकेट लिए। त्यसैगरी एडम जाम्पाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए।