यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.४२ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०१ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ।