प्रधानमन्त्री दाहाल दिल्लीमा, विशेष सचिवद्वारा स्वागत

प्रधानमन्त्री दाहाल दिल्लीमा, विशेष सचिवद्वारा स्वागत


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरे।

प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले आइतबार साँझ सवा सात बजे पद तथा गोपनीयताको सपथ लिनेछन्। शपथपछि मोदीसँग भेटवार्ता हुने छ। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने छन्।