प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने


काठमाडौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ। आज सदनमा छलफलका क्रममा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची राखिएको छ।

यस्तै, बैठकमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने, ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, सांसद प्रेम सुवालले नै अर्को ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ।

आजै ‘भन्सार महशुल विधेयक, २०८१’ पनि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।