डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको विनिमय दर

डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको विनिमय दर


जेठ १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै, आज युरो बढेर आएको छ। सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा पुगेको छ। आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ। आइताबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको थियो।

आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।