कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना


काठमाडौं ।

पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि सिरोहियालाई अस्पताल भर्ना गरिएको हो।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्याएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए। शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना गरिएको हो।

पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।

तर प्रादेशिक अस्पतालमा न्यूरोलोजीलगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ। जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।