राइटपाथको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’

राइटपाथको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’


काठमाडौं ।

अध्ययनका लागि यूके, अष्ट्रेलिया, यूएसए तथा क्यानडा जाने विद्यार्थीहरुलाई सम्बन्धित देशका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले राइटपाथ करिअर काउन्सिलिङले आयोजना गरेको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ मा विद्यार्थीले उल्लेख्य सहभागिता जनाएका छन्।

गत वैशाख २९ गते काठमाडौंबाट सुरु भएको एजुकेसन कनक्लेभ मंगलबार ललितपुरको कुमारीपाटी शाखामा सम्पन्न भएको संस्थाका सीइओ फिलिप डीसीले जानकारी दिएका हुन्।

समापनका दिन काठमाडौंमा संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएर आवश्यक जानकारी लिएको डीसीले बताए।

उनले भने, ‘पहिलो दिन काठमाडौंमा जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्रांगणमा आइपुग्दा विद्यार्थी भाईबहिनीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ। हाम्रो यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भए। यस कार्यक्रममा उच्चशिक्षा हासिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौं।

हामीले यस कन्क्लेभ सुरु गर्दैगर्दा करिब पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौं भन्ने उद्देश्य राखेका थियौं तर हामी लक्ष्यभन्दा पनि धेरै जना माझ पुग्न सफल भएका छौं।’

यस कनक्लेभमा विभिन्न देशका विभिन्न विश्वविद्यालयको स्कलरसिपदेखि आर्ईल्ट्स गर्ने विद्यार्थीलाई पढ्ने अवसर समेत प्रदान गरेको उनको भनाइ छ।