‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन’

‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन’


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन्।

आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए।

अध्यक्ष नेपालले भने, ‘भोली नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं। त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन। कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रोण् विश्वासको मत प्राप्त हुनेछ।’

नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए।

‘आजै संसद अवरोधको बारेमा प्रधानमन्त्रीसँग मेरो कुराकानी भयो। यो अवरोध हटाउने कुरामा रास्वपाका नेताहरुसँग पनि मैले कुरा गरें, नेपाली काङ्ग्रेससँग पनि कुरा भयो। यो अवरोध हटाउनु सबैको हितमा हुन्छ, सहमतिको बुँदामा पुग्नु आवश्यक छ। नभए त हामी ठूलो संकटमा पर्छौं। नीति र कार्यक्रमको सन्दर्भमा संसदमा छलफल गर्ने ढोका नखोल्दा के के संवैधानिक जटिलता खडा हुन्छ। यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ’ पूर्व प्रधानमन्त्री नेपालले भने।